रियल मड्रिडले लिभरपुलविरुद्ध एकै पटक बनायो ६ रेकर्ड

काठमाडौँ । च्याम्पियन लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलमाथि ५–२ गोलको जित निकाल्यो । रियलले मंगलबार रातिको खेलमा लिभरपुलमाथि धेरै रेकर्डहरु बनाएको छ । लिभरपुलका लागि मोहमद सलाह र ड्रविन नुनेजले दुई गोल गरेका थिए ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फराकिलो गोलले पछि परेको लिभरपुललाई अर्काे लेगमा केही असहज हुनेछ । यस्ता छन् रियलले लिभरपुलविरुद्ध बनाएका नयाँ रेकर्डहरुः
एनफिल्डमा पाँच गोल गर्ने पहिलो युरोपेली टोली
रियल एनफिल्डमा पाँच गोल गर्ने पहिलो भ्रमणकारी युरोपेली टोली बनेको छ ।
प्रिमियर लिग क्लबले हालसम्म कुनै पनि भम्रणकारी टोलीबाट च्याम्पियन्स लिगमा ५ गोल खाएको थिएन ।
लिभरपुलले सेटेम्बर ७ मा नापोलीविरुद्धको खेलमा उसकै मैदानमा ४–२ गोलको हार ब्यहोर्यको थियो ।
बेन्जेमा युरोपियन कप र च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध ६ गोल गर्ने खेलाडी
मंगलबार राति एनफिल्डमा लिभरपुलविरुद्ध दुई गोल गरेका करिम बेन्जिमा युरोपियन कप र च्याम्पियन्स लिगको इतिहासमा लिभरपुलविरुद्ध ६ गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।
उनको यो कीर्तिमान डिडियर ड्रोग्बासँग बराबरीमा आएको छ । अब भिनिसियस जुनियर सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले लिभरपुलविरुद्ध ५ गोल गरेका छन् ।
भिनिसियस जुनियर एनफिल्डमा दुई पटक गोल गर्ने युरोपियन लिग तथा च्याम्पियन लिगको दोस्रो खेलाडी
भिनिसियस जुनियर युरोपिनय लिग र च्याम्पियन्स लिग फुटबलमा एनफिल्डमा दुई पटक गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
यसअघि जोहान क्रुफले भिलरपुलविरुद्ध दुई पटक गोल गरेका थिए । भिनिसियस जुनियरले गत वर्ष च्याम्पियन्स लिग फाइनलमा लिभरपुलविरुद्ध गोल गरेकाथिए ।
२२ वर्षको उमेरमा, उनी एनफिल्डमा युरोपेली खेलमा कम्तिमा दुई पटक भिजिटरको रूपमा गोल गर्ने जोहान क्रुफ पछि सबैभन्दा कान्छो खेलाडी बने ।
बेन्जिमा च्याम्पियन्स लिगको १८ खेलमा लगातार गोल गर्ने खेलाडी
फ्रान्सेली फवार्ड बेन्जिमा च्याम्पियन्स लिग फुटबलमा लगातार १८ खेलमा गोल गर्ने खेलाडी बनेका छन् ।
उनले मेस्सीको नाममा भएको लगातार १८ खेलमा गोल गर्ने रेकर्ड पनि बराबरी बनाएका हुन् ।
दुई गोलले पछि परेर तीन गोल अन्तरले जित निकाल्ने पहिलो टोली
कार्लो एन्सेलोटीका रियलले च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध रोमाञ्चक जित निकाल्यो । २–० गोकले पछि परेको अवस्थमा रियलले ५–२ गोलको जित निकाल्यो ।
रियल मड्रिडको यो रेकर्ड च्याम्पियन्स लिगमा घरेलु मैदान र पाहुना टोलीकोविरुद्धमा लागु हुन्छ ।
रियलले २१ औं मिनेट देखि ६७ औं मिनेटमा प्रत्येक ९ मिनेटमा गोल गरेको छ ।
भिनिसियस च्याम्पियन्स लिगको लगातार तीन खेलमा गोल गर्ने खेलाडी
भिनिसियस जुनियरले च्याम्पियन्स लिग फुटबलमा सेल्टिक र आरबी लाइपजिगविरुद्ध गोल गरेपछि लिभरपुलविरुद्ध मंगलबार गोल गरेका थिए । उनले रियल मड्रिडका राउलको रेकर्ड तोडेका हुन् । उनले सन् १९९९ मा २२ वर्ष १६३ दिनमा गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै