सामुदायिक लघुवित्तले घोषणा गर्यो २१ प्रतिशत लाभांश
बुधबार, १० फागुन २०७९, ११ : ४२
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीबाट आकर्षक लाभांश घोषणा गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही वर्षको असार मसान्तमा कम्पनीको चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ कायम थियो । यसअनुसार चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बोनस सेयर पाउनेछन् ।
यस्तै, ११ प्रतिशतले हुन आउने १ करोड ५४ लाख ८९ हजार रुपैयाँ नगद लाभांस वितरण गर्ने कम्पनीको सञ्चालक समितिको २०७ औं बैठकले प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
-
कर्णाली डेभलपमेन्ट बैंकले निम्त्याएको प्रश्न– नेपालका बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ सही छ ?
-
अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट