‘हेराफेरी ३’ मा जोडिए अक्षयकुमार !
बुधबार, १० फागुन २०७९, ११ : ३६
_EyhjRU8d5R.jpg)
मुम्बई । फ्यानहरु माझ प्रतिक्षित फिल्म हो ‘हेराफेरी ३’ । केही अगाडि ‘हेराफेरी’ को दुई सिक्वेलमा रहेका अभिनेता अक्षयकुमार ‘हेराफेरी ३’ मा नरहने भनिएको थियो । उक्त समय फिल्म मेकर फिरोज नाडियाडवालासँग सम्बन्ध बिग्रिएको चर्चा थियो ।
अहिले भने उनी फिल्ममा जोडिएको समाचार बाहिर आएको छ । फिल्ममा फेरि एकपटक अक्षय कुमार, परेश रावल र सुनिल शेट्टीको अभिनय एकसाथ देख्न पाइनेछ । रिपोर्टका अनुसार फिल्म ‘हेराफेरी ३’ को सुटिङ सुरु भैसकेको छ । यो सिक्वेल निर्देशन फरहाद सामजीले गर्ने बताइन्छ ।
केही महिनाअघि अक्षयले एक अन्तर्वार्तामा आफूलाई फिल्मको स्क्रिप्ट मन नपरेको बताएका थिए । यति हुँदाहुँदै पनि फ्यानहरूले उनलाई ‘हेराफेरी ३’ साइन गर्न बारम्बार दवाब आएको थियो । फिल्ममा अक्षयकुमार जोडिएको बिषयमा आधिकारिक घोषणा भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’