शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक
बुधबार, १० फागुन २०७९, ०९ : ०८
![शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक](https://npcdn.ratopati.com/media/news/TSC-thumbnail_1hNfThHxlf.jpg)
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तरवार्तामा सहभागीहरूको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज एक सूचना प्रकाशित गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अनुभव र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा रुकुम पूर्व, रुपन्देही र सुर्खेत जिल्लाको योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको जानकारी दिएको हो ।
विस्तृत जानकारी र नतिजा आयोगको आधिकारी पेज www.tsc.gov.np मा राखिने सूचनामा उल्लेख छ ।