प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बुधबार, १० फागुन २०७९, ०६ : १०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
-
सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा
-
अर्घाखाँचीमा गाडी दुर्घटना, ७ जना घाइते
-
टीसीएलको पश्चिम नेपालमा डिलर मिट सम्पन्न
-
‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला
-
थकाली समुदायले मनाए तोरन्ल पर्व, तस्बिरहरू