नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजीको ‘मार्क्यु’ राइड हुँदै

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले अपाचे ओनरस् ग्रुप (एओजी) को ‘मार्क्यु’ राइड गर्न लागेको छ । फागुन ११ गते बिहीबारदेखि सुरु हुने एओजीको मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने तय भएको छ ।
उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । मानिस र मेसिनबीको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका यो कार्यक्रममा हुन लागेको कम्पनीको भनाइ छ । यो क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश रहेको बताइएको छ । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिइसकेका छन् ।
काठमाडौंबाट सुरुहुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरन्गाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर र रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ भने राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन् । राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने तय भएको छ । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिने कम्पनीले जनाएको छ ।
मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउने जनाइएको छ । टिभिएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरि २८ वटा राइड सफलतापूर्वक आयोजना गरिसकेको छ । यी राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न एओजी नामक फोरमको गठन भएको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङप्रतिको जोश मनाउने गरेको छ ।
स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस् ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि आधिकारिक वितरक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
-
इन्डियन प्रिमियर लिग क्रिकेटको सुरुवाती चरणको खेलमा देखिने छैनन् यी चर्चित खेलाडी
-
शान्तिश्रीको ‘नगर मायाले मुख छुच्चो’मा विक्रम र जुनाको अभिनय
-
‘मितज्यू’बाट फिल्म अभिनयमा डेब्यु गर्दै तेरिया
-
ट्रम्पले रोके क्यानडेली स्टिलमा लगाउने भनेको ५० प्रतिशत अतिरिक्त भन्सार महसुल
-
‘संविधान संशोधनका एजेन्डा र सकस’