भारतमा युवती बेचेको आरोपमा दुईजना पक्राउ
मङ्गलबार, ०९ फागुन २०७९, २१ : ३६

दाङ । जागिरको प्रलोभन देखाएर भारतमा नेपाली युवती बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३९वर्षीयटोपली सार्की र सोही ठाउँ का ५२ वर्षीय बिमुसा सार्की रहेका छन् ।
सार्कीद्वयले पीडित युवतीलाई दुईसाता अघि भारतको चण्डिगढ वेश्यालयमा पुु¥याएको भन्दै पीडितकी आमाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बिरबहादुर वलीका अनुसार पक्राउ परेका दुबैजनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन