मातृभाषा दिवसको अवसरमा कविता वाचन

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसको अवसरमा मातृभाषामा कविता वाचन कार्यक्रम राखेको छ ।
प्रतिष्ठानको हलमा मंगलबार भएको कविता वाचन कार्यक्रममा मगर, नेवार, माझी, शेर्पा, ताजपुरिया, जिरेल, थामी, कुमाल, सुनुवार, तामाङ, राई, उराँव, अवधि, भोजपुरीलगायत १६ भाषामा विभिन्न कविहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रममा नेपालमा बोलिने संकटापन्न मातृभाषाहरुको अवस्था शीर्षकमा डा तारामणि राईले कार्यपत्र प्रस्तुत गर्दै लोपोन्मुख भाषाको संरक्षणमा प्रतिष्ठानको ठूलो भूमिका रहेको जिकिर गरे ।
प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले प्रतिष्ठानमा नयाँ पदाधिकारीहरुको आगमन यसै साता मात्रै भएकाले यस वर्ष मातृभाषा दिवस भव्य रुपमा मनाउन नसकिएको जानकारी दिए ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने,' पञ्चायतकालमा अन्य भाषाले फल्नेफुल्ने मौका पाएनन् । अबको लोकतन्त्रमा सबै भाषाको संरक्षणमा सरकार लागी पर्नेछ ।'
सोही कार्यक्रममा मन्त्री किरातीले डा गोपाल ठाकुरको भोजपुरी भाषाको ब्याकरणीय पुस्तक ‘सहज बर्तनी’ पनि विमोचन गरेका थिए ।
कार्यक्रममा मातृभाषा विभागका प्रमुख राजन मुकारुङ तथा कुलपति भूपाल राईले प्रतिष्ठिानको अहिलेको टीमले मातृभाषाको संरक्षणलाई अभियानकै रुपमा लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण
-
पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन