युद्धको एक वर्ष पूरा भएको अवसरमा पुटिनले के भने ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको वर्ष दिन पूरा भएके अवसरमा आफ्ना देशवासीलाई सम्बोधन गरिरहेका छन् ।
मस्कोको गोस्टिनी डावर हलमा भइरहेको उनको सम्बोधन सुन्नका लागि थुप्रै मन्त्री र अधिकारी उपस्थित छन् । यो अवसरमा रुसी संसदका थुप्रै सदस्य उपस्थित छन् ।
भ्लादिमिर पुटिनले आफ्नो सम्बोधन सुरु गर्ने बित्तिकै मानिसहरू उनको सम्मानमा उभिए ।
पुटिनले के भने ?
– यो समय हाम्रो देशका लागि जटिल र चुनौतीपूर्ण छ र यस बीचमा यो संसार द्रुत रूपमा परिवर्तन हुँदै छ ।
– ऐतिहासिक घटनाहरूले हाम्रो देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठुलो जिम्मेवारीमा बाँधिएका छौँ ।
– युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी खतरासँग जुधिरहेको थियो ।
– युक्रेन सरकारले पनि रुसप्रति घृणा र खतरालाई निरन्तर बढाइरहेको थियो ।
– युक्रेन रुस आएर सहयोग गरोस् भनेर पर्खिरहेको थियो ।
– रुसको डोनबास क्षेत्रमा चलिरहेको संघर्षको शान्तिपूर्ण हल निकाल्ने कोसिस गर्यो ।
– पश्चिमी देशहरूको शान्ति पुनर्स्थापनाको प्रतिबद्धता ‘धोका’ र ‘ठूलो झूट’बाहेक केही होइन ।
– युक्रेनले जैविक र आणविक हतियार सङ्कलन गर्ने प्रयास गरिरहेको थियो । हामी यस समस्याको शान्तिपूर्ण समाधान खोज्न सक्दो प्रयास गरिरहेका छौँ ।
– हामी यो कठिन द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण बाटो खोजिरहेका छौं, तर हाम्रो पछाडि एकदमै फरक वातावरण सिर्जना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा