नागरिकको स्वास्थ्य उपचारमा सरकार गम्भीर छ: मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले नागरिकहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले संविधानले मौलिक हकको रूपमा राखेको स्वास्थ्य सेवालाई नागरिकहरूको पहुँचमा पुर्याउन सरकार तत्पर रहको बताएका हुन् ।
उनले प्रदेशका नागरिकहरूको स्वास्थ्य सेवालाई लक्षित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रदेश सरकारले सुरुवातबाटै नागरिकहरूको स्वास्थ्य उपचार र शिक्षालाई मध्यनजर गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०७५ पारित गरेको बताए ।
उनले प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको बताए । प्रदेशका अस्पतालहरूलाई स्तरोन्नति र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको उनको भनाई छ ।
प्राकृतिक प्रकोप महामारीहरूमा लड्न प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । प्रतिष्ठानले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा उल्लेख्य काम गर्ने र त्यसमा प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्न उनले बताए । प्रतिष्ठानले हालै काम सुरु गरे पनि उल्लेख्य सफलता हात पारेको उनको भनाई छ । उनले कोभिड–१९, डेंगु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन