विपन्न वर्ग पहिचान गरी बीमामा आर्थिक सहायता गर्न अध्यक्ष सिलवालको आग्रह
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विपन्न वर्गको पहिचान गरी बीमामा आर्थिक सहायता प्रदान गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।
सोमबार गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा महानगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक रुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न वर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न महानगरपालिकालाई आग्रह गरे ।
सोही अवसरमा अध्यक्ष सिलवालले महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि आवश्यक पहल गर्न समेत पोखरा महानगरपालिकासँग आग्रह गरे । सोमबार गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा महानगरलाई सहयोग गर्न प्राधिकरणसँग उनले आग्रह गरिन् ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानी स्थानीयस्तरमा नै छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिँदै आएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
-
कर्णाली डेभलपमेन्ट बैंकले निम्त्याएको प्रश्न– नेपालका बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ सही छ ?
-
अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी