मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्थिर ब्याजदरमा कर्जा लिन राष्ट्र बैंकको अपिल

मङ्गलबार, ०९ फागुन २०७९, १४ : १६
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट स्थिर (फिक्स) ब्यादरमा मात्र कर्जा उपयोग गर्न सबैमा अपिल गरेको छ ।

पछिल्लो समय बैंकको ब्याजदरलाई लिएर समस्या आएको र सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरुसमेत बैंक विरुद्ध आन्दोलनमा उत्रिन थालेपछि केन्द्रीय बैंकले स्थिर ब्याजदर कार्यान्वयनमा जोड दिएको हो ।

ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराउँदै राष्ट्र बैंकले व्यक्तिगत कर्जामा स्थिर ब्याजदरमा जान सबैमा अनुरोध गरेको हो । 

‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील (एड्जसयबल/फ्लटिङ) ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो’ राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ, ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन र निधारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ । यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर समेत पर्न दिँदैन ।’

अस्थिर ब्याजदरका कारण ऋणीको ब्याज र आम्दानीमा तालमेल नमिलेर समस्या आएको बैंकले जनाउँदै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिनुपर्नेमा समेत सचेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप