खुडेपोखरीमा डुबेर बालकको मृत्यु
मङ्गलबार, ०९ फागुन २०७९, १३ : ४३

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्रयाङमा स्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको हो ।
सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।खेल्ने क्रममा घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हिजोबाट घरमा नआएपछि खोजी कार्य जारी थियो । मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन्,’ वडा नम्बर ५ की पूर्व वडा सदस्य अञ्जु क्षेत्रीले भनिन् । घर पर्वत भए पनि धारापानीमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण