४५ दिनभित्र तोकिएको पुँजी पुर्याउन लघुबीमालाई प्राधिकरणको निर्देशन
![४५ दिनभित्र तोकिएको पुँजी पुर्याउन लघुबीमालाई प्राधिकरणको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/Bima-Pradhikaran_XiP72FvLaw.jpg)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई ४५ दिनभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले लघुबीमा सञ्चालन अनुमति पत्र (लाइसेन्स) का लागि स्वीकृति पत्र बुझेको मितिले ४५ दिन भित्र तोकिएको चुक्ता पुँजी पु¥याउन लघुबीमा कम्पनीहरुलाई निर्देशन गरेको हो ।
कम्पनीहरुले फरक फरक मितिमा स्वीकृति पत्र लिएकाले सोही मितिका आधारमा चुक्ता पुँजी पु-याएर आउन ४५ दिनको समय दिइएको प्राधिकरणका प्रवक्ता समेत रहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले रातोपाटीलाई जानकारी दिए ।
हाल छनोट भएका लघु बीमा कम्पनीहरू रजिष्ट्रारको कार्यालयमा दर्ता भएर आएपछि चुक्ता पुँजी पुर्याउन निर्देशन दिइएको हो ।
विधि प्रक्रिया अनुसार अनुमति पत्र प्राप्त गरेका कम्पनीहरुले दर्ता प्रमाण लिएपछि तोकिएको चुक्ता पुँजीसहित लघुबीमा ऐन अनुसार प्राधिकरणले व्यवसाय सञ्चालनको प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्छ ।
लघुबीमा ऐन, २०७९ अन्तर्गत लघुबीमा कम्पनी सञ्चालनका लागि कम्तीमा ७५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था रहेको छ । सो मध्ये कम्पनीहरुले संस्थापक समूहतर्फको चुक्ता पुँजी ७० प्रतिशत जुटाउनुपर्ने ऐनले व्यवस्था गरेको छ ।
बीमा प्राधिकरणले गत साउन ३१ गते लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै साता वटा प्रदेशमा कम्तीमा एउटा एउटा लघुबीमा रहने गरी लघुबीमा कम्पनीको दरखास्त आह्वान गरेको थियो । जसमा ३१ वटा कम्पनीको आवदेन दिएकामा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा छनोटमा परेका छन् ।
अनुमति पाउने लघुजीवन बीमामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ढलले ढाकिएको 'माइतीघर सडक'
-
ब्राजिलका विद्यालयमा लागू भयो स्मार्टफोनमा प्रतिबन्ध
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड