नेपालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाघ्यो
मङ्गलबार, ०९ फागुन २०७९, १२ : १७
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ ।
उनका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको हो । जसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् ।
यस्तै, ९ सय ९४ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा नाम दर्ता गराउँदा जनरल सर्जरीमा ९ सय ४७, अर्थोपेडिक्समा ८०५, पेडियाट्रिकमा ७८१ जनाले विशेषज्ञको रुपमा दर्ता गराएका छन् । यस्तै रेडियोलोजी तथा इमेजिङ, लगायतमा विषेशज्ञता हासिल गर्ने चिकित्सकको दर पनि बढेको काउन्सिलको आँकडाले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै
-
सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने