स्वराको विवाहमा भाजपा नेतृ साध्वीले भनिन्, ‘श्रद्धाको झैँ ३५ टुक्रा भेटिनेछ’

बलिउड अभिनेत्री स्वरा भास्करले आफ्नो विवाहको कुरा सार्वजनिक गरेदेखि थुप्रैले उनलाई निशानामा पारिरहेका छन् । फहाद र स्वराको अन्तरधर्म विवाहमा भाजपा नेतृ साध्वी प्राचीले स्वरामाथि निशाना साँधेकी छिन् । उनले यी दुईको विवाहमा नकारात्मक टिप्पणी गर्दै भनिन्, ‘उनी या त छिट्टै घर फर्किनेछन् या उनको हालत श्रद्धाको जस्तै हुनेछ । उनी सुटकेस वा फ्रिजमा भेटिनेछिन् ।’
साध्वीले के भनिन् ?
साध्वीले ती युवतीलाई पनि निशानामा पारेकी छिन् जसले धर्म परिवर्तन गरेर विवाह गरेका छन् । बरेलीमा मिडियासँगको कुराकानीमा उनले भनिन्, ‘स्वरा भास्करको पहिला देखि नै भिन्न व्यक्तित्व थियो । उनले आफ्नो विवाह पछि श्रद्धाको त्यो फ्रिज सम्झनुपर्नेछ । जसमा ३५ वटा टुक्रा भेटिएको थियो । अहिले निक्कीको कुरा आइरहेको छ । उनीमाथि पनि यस्तै खालको घटना भएको छ । यस्ता घटनाले मलाई दुःख दिन्छन् । उनीहरू या त सुटकेसमा जान्छन् वा कुनै बोरामा भेटिन्छन् वा फ्रिजमा । स्वरा भास्कर बारे पनि यस्तै सूचना आउँदैछ । सम्बन्ध विच्छेदको खबर छिट्टै आउनेछ ।’
मार्च महिनामा भव्य विवाह गर्दै छिन्
स्वरा भास्करले अहिलेसम्म साध्वी प्राचीको बयानमा कुनै प्रतिक्रिया दिएकी छैनन् । स्वराको विवाहमा धेरैले आ–आफ्नो धारणा व्यक्त गरिरहेकी छिन् । नायिका मार्च महिनामा आफ्नो भव्य विवाहको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली