जापानमा सहमतिमा यौनसम्बन्ध राख्ने उमेर हद बढाइने
मङ्गलबार, ०९ फागुन २०७९, ११ : ०१

टोकियो । जापानमा सहमतिमा यौनसम्बन्धका लागि उमेर हद बढाउने तयारी गरिएको छ । यसअघि कायम रहेको १३ वर्षको उमेर हदलाई बढाएर १६ वर्ष बनाउन लागिएको हो ।
देशमा यौन अपराधमा रोक लगाउनका लागि नियममा परिवर्तन गर्न लागिएको बीबीसीले जनाएको छ । सन् २०१९ मा उमेरकै कारण धेरै दोषीहरूले सफाइ पाएपछि त्यसको व्यापक विरोध भएको थियो । नयाँ प्रस्तावमा बलात्कारको परिभाषालाई विस्तार गर्ने र नाबालिगको मामिलामा थप कडा नियम ल्याउने बताइएको छ ।
त्यस्तै, बलात्कारको मामिला उजुरी गर्ने समय सीमा १० वर्षदेखि बढाएर १५ वर्ष बनाइने भएको छ । हाल विकसित देशमध्ये सहमति यौन सम्बन्ध कायम गर्ने उमेर जापानमा सबैभन्दा कम छ । जर्मनी र इटालीमा यो उमेर हद १४ वर्ष रहेको छ भने ग्रीस र फ्रान्समा यो उमेर १५ वर्ष रहेको छ । अमेरिकामा र बेलायतमा यो उमेर हद १६ वर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
राय, सुझाव र प्रतिक्रियाबारे छलफल गर्न सर्च कमिटीको बैठक
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान