शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सेल्फीको कोसिसमा गायक सोनु निगममाथि धक्का–मुक्का

मङ्गलबार, ०९ फागुन २०७९, १० : १६
मङ्गलबार, ०९ फागुन २०७९

भारतीय अभिनेता सोनु निगममाथि धक्का–मुक्काको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार मुम्बईमा एक कार्यक्रमका बेला सोनु निगममाथि प्रशंसकले सेल्फी लिने कोसिसमा धक्का–मुक्का गरेका छन् ।

उक्त घटना राती ११ बजेको हो । त्यति बेला सोनु निगम मुम्बईको चेम्बूरमा साङ्गीतिक फेस्टिभलमा भाग लिन गएका थिए ।

एक प्रहरी अधिकारीले पिटिआईसँगको कुराकानीमा सोनु कार्यक्रम सकिएपछि फर्किरहेका बेला प्रशंसकको टोली सोनु निगमतर्फ अघि बढिरहेका बेला उनका कर्मचारीले टोलीलाई रोकेका थिए ।

सोनु निगमले पनि यसबारे समाचार एजेन्सी एएनआईसँग कुराकानी गरेका छन् ।

एएनआईका अनुसार सोनु निगमले भने, ‘कन्सर्ट पछि म स्टेजबाट बाहिरिइरहेको थिएँ त्यति बेला स्वप्निल प्रकाश नामका व्यक्तिले मलाई समाते । ती व्यक्तिले हरि र रब्बानीलाई पनि धक्का दिए जसले मलाई जोगाउन आएका थिए । म सिँढीमा लडेँ । मैले यसबारे उजुरी दर्ता गरेको छु ताकि मानिसहरूले जबरजस्ती सेल्फी खिच्ने र हातपात नगर्नेबारे सोच्न सकुन् ।’

सोनु निगमको उजुरीमा मुम्बई प्रहरीले पनि आफ्नो प्रतिक्रिया दिएको छ ।

एएनआईका अनुसार जोन सिक्सको डिसिपी हेमराज सिंह राजपूतले भने, ‘ सोनु निगम जब स्टेजबाट ओर्लिरहेका थिए त्यति बेला उनलाई स्वप्निल नामका एक व्यक्तिले समाते । जब सोन निगमले अस्वीकार गरे तब उनलाई अन्य दुई व्यक्तिले सिँढीबाट धक्का दिए । यीमध्ये एक व्यक्तिलाई चोट लागेको छ ।’

प्रहरीले एएनआईलाई भन्यो, ‘सोनु निगमसँग कुराकानीको आधारमा लाग्छ कि यो घटना जानाजान भएको होइन । यो एक व्यक्तिको काम हो । स्वयंसेवकले त्यति बेला स्थिति सम्हालेका थिए । एफआईआरमा एक जनाको मात्रै नाम छ । यो एउटा यस्तो घटना हो जसमा अभियुक्त सायद फोटो खिच्ने उद्देश्यले गायकलाई समातिरहेका थिए ।’

सोनु निगम चर्चित भारतीय गायक हुन् । उनले थुप्रै प्रतिष्ठित पुरस्कार पनि पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप