टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प
मङ्गलबार, ०९ फागुन २०७९, ०८ : २३

टर्की । शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमबार फेरि अर्को भूकम्प गएको छ।
उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ। सोमबारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ।
पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।
टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमबार साँझ ८ः०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध