ग्याल्पो ल्होसार पर्वले आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास लिएको छु– अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ग्याल्पो ल्होसार पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले ग्याल्पो ल्होसार पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने पर्वका साथै सम्पूर्ण नेपालीबीच साझापन र हार्दिकताको एक उदाहरण हो भने ।
नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय एवं बौद्धमार्गी समुदायको विशेष पर्वका रूपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनग्याल्पो ल्होसारमनाउने गरिन्छ । यस पर्वमा शेर्पालगायत अन्य हिमाली समुदायको पनि समभाव रहेको पाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोल, बाटोघाटो, पानीका मूलको सरसफाइ गर्ने, नयाँ–नयाँ खानेकुरा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
सन्देशमा भनिएको छ, “विविध जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा ग्याल्पो ल्होसारजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, धार्मिक, जातीय र भाषिक सम्मान तथा संरक्षण गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान गर्नुका साथै नेपालीको मौलिक पहिचान कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन