रातोपाटी ब्रिफिङ : राष्ट्रपति चयनका लागि आ–आफ्नो रणनीति बनाउँदै दलहरु
आज २०७९ फागुन ८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा राष्ट्रपति चयनबारे दुईतिर तानातानमा परेको माओवादीमा प्रचण्डलाई निर्णयको अधिकार, राष्ट्रपति चयनबारे यस्तो छ एमालेको रणनीति, महाधिवेशन बिना १४ वर्षदेखि पार्टीको नेतृत्वमा उपेन्द्र यादव, त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भर डाउन, म्याच फिक्सिङ आरोपमा पक्राउ परेका दुई जनाले यस्तो दिए बयान, सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना कति ?, रेल्वेको जग्गामा उद्योगीहरुको रजाइँ, लोक दोहोरी तथा गीत प्रतिष्ठान फुटको सँघारमा लगायत छन् ।
१. राष्ट्रपति चयनबारे दुईतिर तानातानमा परेको माओवादीमा प्रचण्डलाई निर्णयको अधिकार
राष्ट्रपति चयनबारे कांग्रेस र सत्तारुढ गठबन्धनमा तानातानमा परेको माओवादी केन्द्रले यस सम्बन्धी आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने र यसका लागि अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
२. राष्ट्रपति चयनबारे यस्तो छ एमालेको रणनीति
राष्ट्रपति पदका लागि हुन गइरहेको निर्वाचन नजिकिँदै गर्दा दलहरु आ–आफ्नो रणनीति बनाउन व्यस्त देखिएका छन् । यसै क्रममा नेकपा एमालेले माओवादी केन्द्रको औपचारिक निर्णय पर्खिएर बसेको छ । माओवादी केन्द्रले साथ दिने निश्चित नभएको परिस्थिति आकलन गर्दै एमालेले विभिन्न विकल्पबारे पनि तयारी थालेको छ ।
३. महाधिवेशन बिना १४ वर्षदेखि पार्टीको नेतृत्वमा उपेन्द्र यादव
मधेस आन्दोलनबाट राजनीतिमा स्थापित भएका उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष छन् । मधेसी जनअधिकार फोरम नेपाल नामक राजनीतिक दलबाट राजनीतिमा स्थापित भएका उनी हाज जसपा नेपालको अध्यक्ष छन् । तर, उनी १४ वर्षदेखि महाधिवेशन बिना नै पार्टीको नेतृत्वमा रहँदै आएका छन् । अहिले जसपामा महाधिवेशनबारे चर्चा हुन थालेको छ । तर, महाधिवेशन हुन्छ या कुनै बहानामा रोकिन्छ भन्ने चासोको विषय बनेको छ ।
४. त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भर डाउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ । सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघद्धठठढण्रतचष्दजगधबल
५. म्याच फिक्सिङ आरोपमा पक्राउ परेका दुई जनाले यस्तो दिए बयान
म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका मोहम्मद आदिल अन्सारी र मेहबुब आलमले आफूहरूको फिक्सिङमा कुनै संलग्नता नरहेको दाबीसहित प्रहरीमा बयान दिएका छन् । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइजी लिग नेपाली टी–ट्वान्टी प्रतियोगितामा फिक्सिङ गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए ।
६. सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना कति ?
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारको नेतृत्व सम्हालेको १२ औं दिनमा सरकारबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । हताश मनस्थितिमा देखिएका उनले समयमै विश्वासको मत पाउने दाबी गरिरहँदा एकाएक फागुन २६ पछिको संवैधानिक व्यवस्थातिर पनि मोडिए ।
७. रेल्वेको जग्गामा उद्योगीहरुको रजाइँ
अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिगाहा जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुले अतिक्रमण गरेर भोगचलन गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको १ हजार ७४९ बिगाहा जग्गा दर्जनौं उद्योगले अतिक्रमण गरेर भोगचलन गरेका हुन् ।
८. किन कमजोर भयो विद्यार्थी आन्दोलन ?
नेपालको विद्यार्थी आन्दोलनको गर्विलो इतिहास छ । राजनीतिक परिवर्तनदेखि सामाजिक मुद्दासम्म विद्यार्थीका मुद्दा बन्थे । कुनै समय राणा शासनका विरूद्ध विद्यार्थीहरू नै एकताबद्ध भएर लागेका थिए । राणा शासनकाविरुद्ध बोल्न सक्ने हैसियत कसैसँग नभएको बेला विद्यार्थीहरूले त्यो साहस गरेका थिए । तर अहिले विद्यार्थी आन्दोलन निकै कमजोर हुन पुगेको छ ।
९. लोक दोहोरी तथा गीत प्रतिष्ठान फुटको सँघारमा
महाधिवेशन नजिकिएसँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल फुटको सँघारमा पुगेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा नयाँ नेतृत्वको लागि चुनावी अभियान सुरु भइसकेको छ । तर संस्थाका केही सदस्य भने लोक तथा दोहोरी गीत क्षेत्रको नयाँ संस्था स्थापनाको तयारीमा छन् ।
१०. र यो पनि,
पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा। मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार साधुसन्तहरुलाई बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।
बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बिचमा भएको झडपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो