यस्तो बन्यो गण्डकीमा कार्यव्यवस्था समिति

पोखरा । गण्डकी प्रदेशसभा कसरी सञ्चालन गर्ने, कस्ता विषय वस्तुलाई संसद्को कार्यसूचीमा राख्ने भन्ने सम्पूर्ण अधिकार भएको कार्य व्यवस्था परामर्श दश सदस्यीय समिति गठन भएको छ । प्रदेश सभाको नियमावलीमा नभएको यो कार्य व्यवस्था परामर्श समितिलाई सभा सञ्चालनमा सबै भन्दा बढी महत्त्वपूर्ण र अत्यावश्यक मानिन्छ ।
सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्ण धितालले प्रस्ताव गरेका नाम बहुमत सदस्यले समर्थन सहित पारित भएको हो । सभामुख धितालले सभालाई सुव्यवस्थित गर्ने अधिकार पाएको समितिमा मनोनीत सदस्यलाई समर्थन गर्न अनुरोध गरेका थिए ।
प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनुसार कार्यव्यवस्था समितिमा ११ सदस्य हुन्छन् । जसमा सभामुख अध्यक्ष, उपसभामुख र कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था छ । बाँकी सदस्य संसद्मा प्रतिनिधित्व दलका सांसदका आधारमा गरिएको छ । जसअनुसार समितिको अध्यक्षमा सभामुख कृष्ण धिताल, उपसभामुख बिनाकुमारी थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहा मगर छन् ।
आइतबार संसद् सचिवालयले दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली मागेको थियो । तर, यसमा पनि सम्पूर्णका नाम नपुगेको भए पनि सोमबार बिहान बसेको बैठकले समिति मनोनीत गर्ने नामावली टुङ्ग्याएसँगै सभामा प्रस्तुत भएको हो ।
समितिको सदस्यका लागि एमालेबाट गोविन्द नेपाली र सुधीरकुमार पौडेलको छन् । माओवादीबाट फणीन्द्र देवकोटा र सुशीला सिम्खडाको छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विन्दु थापा पहाडीको समितिमा मनोनीत भएका हुन् । नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, नन्दप्रसाद न्यौपाने कार्य व्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता