काठमाडौँ विश्वविद्यालयमा आईएसओ ‘वाइल्डिङ सर्टिफिकेसन’ परीक्षा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) मा वाइल्डिङ सम्बन्धी आईएसओ सर्टिफिकेसन परीक्षा सुरु भएको छ । परीक्षा केयुको टेक्निकल टे«निक सेन्टर (टिटिसी) मा सोमबारदेखि सुरु भएको हो । केयु र दक्षिण कोरियाको नेपालस्थित क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरले केयुमा आईएसओ सर्टिफाईट परीक्षा तथा तालिम सेन्टर सञ्चालन गरेको थियो ।
परीक्षामा नेपालको विभिन्न ठाउँमा रहेर वाईल्डिङको क्षेत्रमा काम गर्दै आएका ७१ जना परीक्षार्थी सहभागी रहेको क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका आईएसओ सर्टिफिकेसन परीक्षा संयोजक गणेशमान लामाले जानकारी दिए । परीक्षामा सहभागि हुनुअघि उनीहरुले कोरियन प्रशिक्षकबाट तालिम लिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्न वाईल्डिङ तालिमले मद्दत गर्ने संयोजक लामाले बताए ।
उनका अनुसार मंगलबार र बुधबार प्रयोगात्मक परीक्षा हुनेछ । परीक्षामा उत्तिर्ण भएपछि विश्वको जुनसुकै ठाउँमा गएर काम गर्न सक्नेछन् । परीक्षाको नजिता दक्षिण कोरियामा रहेको दक्षिण एशिया हेर्ने वाईल्डिङ आईएसओको मुख्यालय (आईक्यूसीएस) ले प्रकाशन गर्नेछ । परीक्षाका लागि दक्षिण एशिया वाईल्डिङ आईएसओ मुख्यालय (आईक्यूसीएस) का प्रमुख क्वाङ आमको नेतृत्वमा ४ सदस्यीय टोली नेपाल आएको छ ।
परीक्षा सञ्चालन गर्नुअघि दक्षिण एशिया वाईल्डिङ आईएसओ मुख्यालयका प्रमुख क्वाङ आमको टोलीले केयुका उपकुलपति प्रा. डा. भोला थापासँग भेटघाट गरेको थियो । केयुका भेटमा उपकुलपति प्रा.डा थापाले परीक्षालाई गुणस्तरीय र मर्यादित ढंगले सञ्चालन गर्न आग्रह गरे ।
केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले दक्ष जनशक्ति उत्पादन गर्ने केयुको उद्देश्य पुरा गर्न आईएसओ सर्टिफिकेसन परीक्षा तथा तालिम सेन्टरले थप मद्दत पुग्ने बताए ।
वाईल्डिङ आईएसओ सर्टिफाई परीक्षाको तयारी तालिममा २० देखि ५० वर्ष उमेर समूहका ब्यक्ति सहभागि हुन पाउनेछन् । आईएसओ सर्टिफिकेट लिनका लागि अनुभव नभएकाले कम्तीमा ६ महिनासम्म वल्डिङको तालिम लिनु पर्नेछ ।
क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका अध्यक्ष पुर्णलाल श्रेष्ठले प्रत्येक महिना आईएसओको परीक्षा सञ्चालन गरिने बताए । प्रत्येक महिना ५० देखि १ सय जनासम्मलाई तालिम दिन सकिने बताइएको छ । आईएसओको सर्टिफिकेसन परीक्षा प्रत्यक्ष महिना सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल