जर्मनको छ सदस्यीय संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा

काठमाडौँ । जर्मनीको प्रतिनिधिसभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । उक्त प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि सोमबार नपाल आइपुगेको हो ।
छ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले ७ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने नेपालस्थित जर्मनीको राजदूतावासले जनाएको छ । भ्रमणमा आउनेमा सांसद रेनाटे कुनास्ट, एन्ड्रियास लारेम, पॉल लेह्रिडर, रिया श्रोडर, डा. माल्टे काउफम्यान र डा।.आन्द्रे हान रहेका छन् । यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने दूतावासले जनाएको छ ।
प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, पर्यटन प्रवर्द्धन, नेपालको शान्ति प्रक्रिया र मानवअधिकार, महिला सशक्तीकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्री सहयोगका साथै जर्मन–नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक