‘अमेरिका र चीन जलवायु परिवर्तनका क्षतिको जोखिममा छन्’

पेरिस । अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनबाट व्यापक क्षति र गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेतर्फ ती देशलाई सचेत गराउँदै प्रतिवेदनले तत्काल जलवायु अनुकूलन उपाय अवलम्बन गर्न सुझाएको छ । जलवायु जोखिममा रहेका शीर्ष दश स्थानमध्ये नौ वटा चीनमा रहेका छन् । क्रस डिपेन्डेन्सी इनिसिएटिभको विश्वव्यापी र्याङ्किङमा चीनका जियाङ्स र शान्डोङ अधिक जोखिममा छन् ।
चीनपछि अमेरिका सबैभन्दा उच्च जोखिममा रहेको मुलुक हो । विश्वव्यापी सूचीमा दशौँ स्थानमा रहेको फ्लोरिडा अमेरिकाको सर्वाधिक जोखिममा परेको राज्य हो । उच्च जोखिममा रहेको फ्लोरिडापछि क्यालिफोर्निया र टेक्सास छन् । जलवायु जोखिममा रहेका शीर्ष एक सय देशमा चीन, भारत र अमेरिकाका आधारभन्दा राज्य र प्रान्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिटेकको गेटपे प्लेटफर्म माछापुच्छ्रे बैंकमा
-
हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त र सृष्टिको अभिनय
-
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्र सम्बोधन गर्ने
-
आजदेखि फिल्म हलमा ‘डोरी’
-
१४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो
-
प्रदर्शनी मार्ग क्षेत्रमा सवारी डाइभर्ट सुरु, अन्यत्र अवस्था हेरेर डाइभर्ट गरिँदै