सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीको प्रेस विज्ञप्तिबारे भ्रम फैलाइयो : जसपा

सोमबार, ०८ फागुन २०७९, १६ : ४२
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । विभिन्न प्रतिष्ठानहरूमा नेपाल सरकारले गरेको प्राज्ञहरूको नियुक्ति असमावेशी रहेको भनी पार्टीको तर्फबाट जारी प्रेस विज्ञप्तिबारे भ्रम फैलाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आपत्ति जनाएको छ । प्राज्ञहरूको नियुक्ति असमावेशी रहेको भन्दै पार्टीले फागुन ५ गते एक विज्ञप्ति जारी गरेको थियो । 

तर,  जसपा अन्तर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरूले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै  पार्टीको लेटरप्याड दुरुपयोग भएको दाबी गर्दै पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी दिएको जानकारी दिएका थिए ।

केन्द्रीय प्रचार विभागले सोमबार विज्ञप्ति जारी गर्दै  नेपाल सरकारले हालै गरेको विभिन्न प्रतिष्ठानहरूमा प्राज्ञहरूको नियुक्ति पनि असमावेशी रहेको दोहोर्‍याएको छ । ‘एउटा प्रतिनिधि घटनाको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्ति हेर्दा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य छ । दलित, मधेसी, थारु र महिलाको प्रतिनिधित्व नगण्य रहेको छ, यसले उक्त नियुक्ति पनि असमावेशी भएको प्रष्ट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । पार्टीको समावेशी सिद्धान्त र विचारलाई तोडमोड हुने गरी फैलाएको भ्रमप्रति जनता समाजवादी पार्टी, नेपाल खेद प्रकट गर्दै यस्ता भ्रमहरूबाट सचेत र सजग रहन आग्रह गरिएको छ ।

jj

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप