विद्यालयका पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई नदिने पक्षमा सचिव सुवेदी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने पक्षमा उभिएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रले सो पाठ्यपुस्तक छपाईमा ढिलाइ गरिरहेका बेला सचिव सुवेदीले यस्तो अडान लिएका हुन् ।
सोमबार संघीय संसद् राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले सो पाठ्यपुस्तक छपाईमा जनक शिक्षा सामग्री केन्द्रमाथिनै भर पर्नुको विकल्प नरहेको जिकिर समेत गरे ।
बैठकमा सांसदहरुले निजी क्षेत्रलाई दिएर भएपनि विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरुमा उपलब्ध गराउन सरकारलाई दबाब दिएका थिए । त्यसको जवाफ दिँदै सचिव सुवेदीले यही चैत्र १५ गते भित्र छपाईं सकेर पाठ्यपुस्तक विद्यालय पठाउने प्रतिबद्धता आएको उल्लेख गर्दै आफूले त्यसको भर पर्नुको विकल्प नदेखेको भन्दै जनक शिक्षा सामग्री केन्द्रको बचाऊ गरे । उनले निजी क्षेत्रलाई सो पाठ्यपुस्तक छपाई दिन नीतिगत र कानुनी जटिलता रहेको तर्क पनि गरे ।
सचिव सुवेदीले धराशायी भएको सो केन्द्रलाई बचाउन पनि आफूले पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिन सक्ने अवस्था नरहेको बताए ।
बैठकमा सांसदहरुले निजी क्षेत्रलाई दिएर भएपनि समयमै विद्यालय तहको पाठयपुस्तक विद्यार्थीको हातमा पु¥याउन सरकारलाई दबाब दिएका थिए । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले समयमै पाठ्यपुस्तक विद्यालयहरुमा पु¥याउने कुरामा अझै कुनै सुनिश्चितता नभएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारकै कारण विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरुले समयमै पाउने अवस्था नरहेको बताए । विद्यालय तहको पाठ्यपुस्तक छपाईमा किन ढिलाइ भइरहेको भनी सरकारलाई काँग्रेस सांसद कमला पन्तले प्रश्न गरे । उनले शैक्षिक सत्र आउन ३८ दिन बाँकी रहँदा पनि विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम पूरा नभएको भन्दै आपत्ति जनाए ।
यता, जनक शिक्षा सामग्री केन्द्रले भने विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरुमा पु¥याउने प्रतिबद्धता जनाउँदै आएको छ । तर त्यस अनुसारको तयारी नभएको सांसद पन्तको आपत्ति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा पेसी
-
युक्रेनमा रुसले प्रयोग गरिरहेको मिसाइल बनाउने कारखानालाई उत्तर कोरियाले गर्यो विस्तार
-
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो
-
जाडोमा छालाको हेरचाह, साबुनको सट्टा अनुहारमा लगाउनुस् यी चिज