स्याङजामा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु
स्याङजा । गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए ।
ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो ।
चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । उहाँको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उहाँको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो । आइतबार राति ८ बजेतिर ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण
-
सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै
-
ज्योति विकास बैंकद्वारा चितवनस्थित खैरहनी माध्यमिक विद्यालयलाई सहयोग
-
कञ्चनपुरमा पाटेबाघ मृत फेला
-
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल : आर्यन र अन्जना उत्कृष्ट
-
स्वास्थ्य मन्त्रालयमा ६ महिनामा १३० वटा गुनासो