एचआईडीसीएलको २ करोड २१ लाख कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को २ करोड २१ लाख कित्ता बराबरको संस्थापक सेयर किन्ने आज अन्तिम मौका हो । कम्पनीले फागुन ८ गतेको अन्तिम सीमा राख्दै कुल २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ ।
इच्छुक खरिदकर्ताले आज कार्यालय समयभित्र कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिनेछन् । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ रहेको कम्पनीको सेयर बोल बढाबढमा लिलामीमा रहेको सबै सयर खरिद गर्न सकिनेछ भने जो कोही व्यक्ति, संस्था वा कम्पनीले सेयर खरिदका लागि आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ ।
सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । खरिदकर्ताले ग्लोबल आइएमई क्यापिटलमार्फत नै सेयर खरिद दरखास्त हाल्न सक्नेछन् भने, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट समेत आवेदन दिन सक्नेछन् ।
यस्तै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट समेत कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्नातकोत्तर तहको नेटवर्क तथा साइबर सेक्युरिटी कोर्समा त्रिविले दियो नयाँ विकल्प
-
रौतटहमा राष्ट्रिय समता पार्टी घोषणा
-
समावेशिता भाषण गरेर मात्र हुँदैन : विश्वकर्मा
-
निकुञ्जले अनुमति दिँदा पनि खुम्बु क्षेत्रमा किन उड्न सकेन हेलिकप्टर ?
-
बागमतीलाई हराउन पुलिसले ११६ रन बनाउनुपर्ने
-
नेपालमा पहिलोपटक क्वानकिडोको अन्तर्राष्ट्रिय सेमिनार