दोलखामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दोलखा। दोलखामा नवौँ दोलखा जिल्ला अन्तर पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । ४ दिनसम्म सञ्चालन रनिङ सिल्ड प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरि ९ ओटा स्थानिय तहहरुको सहभागिता रहेको छ । बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसीले प्रतियोगिताको ९ वटा बेलुन उडाएर उद्घाटन गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति दोलखामा प्रमुख बर्जुराम घतानी, भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धर, भिमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, तारादल गणका गणपति सञ्जिव सिंह प्रजापति, नेपाल प्रहरी दोलखाका प्रणयक प्रहरी नायव उपरीक्षक दिपक खड्का, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई र विभिन्न पार्टिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण