लुम्बिनीका नवनियुक्त मन्त्री अहिरले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार मन्त्री नियुक्त भएका भण्डारीले आज सपथ लिएका हुन् । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका अहिरलाई आइतबार साँझ कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए ।
एक साताअघि कृषिमन्त्री बनेका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यस मध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालय दिने सहमति भएको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन् ।
त्यस्तै मुख्यमन्त्री गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी खानेपानी मन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् । यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले पदबहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री नियुक्त नभएसम्मका लागि आचार्यलाई उक्त जिम्मेवारी दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?