कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ हजारले लिए प्रसूति सेवा
सोमबार, ०८ फागुन २०७९, १२ : २६

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवामध्ये एक प्रसूति सेवा हो । यो प्रसूति सेवाले विशेषगरी जुम्ला, मुगु र कालिकोटको मातृ र नवजात शिशु दुवैको ज्यान सुरक्षित हुने गरेको छ ।
प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार वि.सं. ०७१ सालमा सेवा सुरु गरेपछि चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् ।
यस्तै, ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरङ्ग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरङ्ग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन् । ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा दिएका छन्।
मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा बिस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका बिरामी यहाँ उपचार सेवा लिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव