आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

६ वर्षमा १७ हजार सहकारी कोपोमिसमा आबद्ध, अझै २३ हजार संस्था प्रणाली बाहिर

सोमबार, ०८ फागुन २०७९, १२ : २२
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । सहकारी विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म १७ हजार ४४७ सहकारी संस्थाहरू सहकारी सूचना प्रणाली (कोपोमिस) मा आबद्ध भएका छन् । सहकारी संस्थाको दर्तादेखि कारोबारसम्मको तथ्याङ्क राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ वर्ष अघि (वि.स. २०७३) मा नै करोडौं खर्च गरेर अनलाइन सूचना प्रणाली, कोपोमिस बनाएपनि हालसम्म २१ प्रतिशत मात्र सहकारी संस्थाहरू उक्त सफ्टवेयरमा आबद्ध भएका हुन् ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २ हजार ७८१ संस्थाहरूबाट कुल १३ लाख ८० हजार ८२३ जना सदस्यहरू कोपोमिसमा आबद्ध भएका थिए । तर, चालु आर्थिक वर्षमा ४३.८८ प्रतिशतले वृद्धि हुँदै संस्थागत आबद्धता सङ्ख्या ६ हजार ३३८ पुगेको हो । कुल २७ लाख ५६ हजार २६७ जना कोपोमिसको दायरामा आएको विभागले जनाएको छ । 

यद्यपि, माघ मसान्तसम्म २९ हजार ९०२ जना सदस्यलाई कोपोमिसको युजर पासवर्ड प्रदान गरिएको विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए । तर, नियमित रूपमा कम्तीमा एक पटक लगइन गर्ने संस्थाको सङ्ख्या भने १७ हजार ४४७ रहेको छ । विभागका अनुसार अझै कम्तीमा १२ हजार ४३९ सहकारी संस्थाहरू कोपोमिस सिस्टम भन्दा बाहिर रहेका छन् । 

सहकारी विभागको पछिल्लो तथ्याङ्क हाल देशभरबाट २९ हजार ८८६ सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् । यद्यपि, यो सङ्ख्या पछिल्लो समय बढेर ३५ हजार हाराहारी पुगिसकेको विभागकै अनुमान छ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप