अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने
सोमबार, ०८ फागुन २०७९, १२ : ०२

काठमाडौँ । सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।
यस्तै, अस्पतालमा इलेकट्रोनिक मेडिकल रेकर्ड प्रणाली पनि लागू गरिने भएको छ । संघ अन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा २०८० सम्ममा एकरूपता कायम गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड भिड्दै
-
कर्णाली प्रदेश सभा : पहिलो कार्यकालमै अघि बढाइएका विधेयकले अझै पाएनन् कानुनी रूप
-
काठमाडौँका ७ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
-
‘न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ’
-
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
-
महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता