ह्याट्रिकसहित प्रिन्सलाई उपाधि

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधि उचाल्न सफल भएका छन् ।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधि उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोस्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए । प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोस्रो जित हो । यस अघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधि उचालेका थिए । यस विधामा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेस्रो भए ।
विजयी भएबापत प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपविजेता प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने विष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीहरूलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए ।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शीर्ष १२ वरीयता भित्रको एकल तर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोस्रो जित हो । यस विधाको तेस्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे ।
विजयी अनुमाया राईले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी जेशिका गुरुङ्गले नगद २८ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने रशिला महर्जनले नगद १२ हजार ५ सय र प्राथना देउवाले नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने छ ।
पुरुषको शीर्ष १६ वरीयता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधि हात पारे । थापाले लिनथेपलाई २१–१५, २१–१३ ले पराजित गरेका थिए । आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेस्रो स्थानमा चित्त बुझाए ।
महिला शीर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकाल्दै उपाधि कब्जा गरेकी हुन् । पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेस्रो भए ।
पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले जित हात पार्दै उपाधि उचाले । साउदले फाइनलमा आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । आर्मीका कविर के.सी. र दाङका सनौला रैनी संयुक्त तेस्रो भए ।
महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीकै टिशा रानी शाक्यलाई २१–१०, २१–१६ ले पराजित गर्दै उपाधि कब्जा गरिन् । कास्कीकी निभा राई र ताप्लेजुङ्गकी नुमा लिम्बुले संयुक्त तेस्रो स्थान प्राप्त गरे ।
पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा काठमाडौँका सञ्जय कपाली र श्याम लामाको जोडीले उपाधि जिते । कपाली र लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ ले पराजित गर्दै उपाधि जितेका हुन् । सुनसरीका भजनलाल चौधरी र इटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्गदम्बे र मोरङका विकास श्रेष्ठको जोडी संयुक्त तेस्रो भए ।
पुरुष ५५ वर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र सञ्जय भक्तराजको जोडीले जित हात पार्दै उपाधि उचाले । फाइनलमा आङ्गदम्बे र भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले पराजित गरेका हुन् । बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी संयुक्त तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई