कुस्ती प्रतियोगितामा नेपाली र भारतीय पहलवानको भिडन्त

रौतहट । रौतहटको मौलापुर नगरपलिकाद्वारा धार्मिक पर्यटन विकास तथा मधानी महायज्ञलाई विश्व स्तरमा चिनाउने उद्देश्यले आयोजित महोत्सवमा तेस्रो दिन भएको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका दर्जनौं पहलवानले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।
कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलवान देवा थापा र भारत हरियाणाका पहलवान मन्नु, नेपालका राष्ट्रिय खेलाडी लक्ष्मण यादव, ब्रह्मदेव यादव, मोखतार आलम, भारत अयोध्याका अमित बाबा र तीन जोडी महिला पहलवान मुख्य आकर्षणको केन्द्र बनेका थिए ।
नगर प्रमुख रिना कुमारी साहले उदघाटन गरेको प्रतियोगितामा महिला र पुरुष गरी ३० जनाले भाग लिएका थिए ।
गत शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गरेको मौलापुर मधानि महोत्सव २०७९ को दोस्रो दिन शनिबार भारतीय भोजपुरी फिल्मका सुपर स्टार नायक पावन सिंह र नायिका काजल राघवानीको प्रस्तुति थियो । पावन र काजलको गीत तथा नृत्य हेर्न पर्सा, बारा, रौतहट, सर्लाहीका साथै भारतबाट एक लाखभन्दा बढी दर्शक जम्मा भएका थिए ।
उनीहरूको प्रस्तुतिपछि आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह र मेयर रिना कुमारी साहले भोजपुरी नायक पावन सिंह र नायिका काजल राघवानीलाई संयुक्त रूपमा मायाको चिनो दिएर सम्मानका साथ बिदा गरेका थिए ।
मौलापुर नगरपालिकाद्वारा चौथो वर्ष आयोजित मधनी महोत्सवमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भूमि पुजन, अष्टयाम भएको थियो ।
पहिलो दिन भारतीय भोजपुर गायिका ईन्दु सोनालीले गीत तथा नृत्य प्रस्तत गरेकी थिइन् । महोत्सवमा नेपाली तथा भारतीय दर्जनौं कलाकारको प्रस्तुति थियो ।
२०५६ सालमा जमिन उत्खननको क्रममा मौलापुर ५ पटौरामा मन्दिरको आकृति फेला परेको थियो । तत्कालीन संघीय सांसद प्रभु साहको पहलमा नेपाल तथा बेलायतका भूगर्भविद्ले उक्त मन्दिर १ हजार वर्ष पुरानो रहेको अनुमान गरेको थिए ।
उक्त स्थानलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन सोही वर्ष मौलापूर नगरपालिकाद्वारा मधानी महोत्सव आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल