दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, ०७ फागुन २०७९, १९ : १२

दार्चुला । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।
जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आइतबार बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो ।
कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास