आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपा पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा

आइतबार, ०७ फागुन २०७९, १७ : ३८
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको साे पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वका गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको छ । सो समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने उनले बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ । उनका अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ ।

‘सत्ता गठबन्धन दलकै बीचमा राष्ट्रपतिका लागि कुरा मिलेको छैन, यस अवस्थामा दलहरुको बीचमा सहमति बनाएर जाने अवस्था रहेको कुरा छलफलमा उठ्यो’ ती नेताले भने । जसपाले उपराष्ट्रपतिको दावी नछाड्ने पनि उनले बताए । उनले भने, ‘आजको बैठकमा यी कुराहरु मात्र उठेका छन् भोलि पनि बैठक बस्छ ।’

बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप