बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो
आइतबार, ०७ फागुन २०७९, १७ : १४
![बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो](https://rpcdn.ratopati.com/media/albums/BUSTER_KHOP_8_xbblyW5VG3.jpg)
काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउनको संख्या ७९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७९ लाख ७२ हजार ७९१ जनाले बुस्टर डोज खोप लगाएका हुन् ।
कोभ्याक्स सुविधा अन्तर्गत सरकारले ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा फागुन १ गते प्राप्त गरेको छ ।
यस्तै, ३ फागुनमा नै नेपाल सरकारका लागि जर्मन सरकारले १५ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप उपलब्ध गराएपछि बुस्टर डोज लगाउने दर बढ्दै गएको हो । सरकारले लामो समयदेखि बुस्टर डोज खोप लगाउन आग्रह गरेपनि देशका सबै खोप भण्डारण केन्द्रमा भेरोसेल खोपबाहेक बुस्टर डोजका रुपमा अन्य खोप उपलब्ध थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
-
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
-
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य