बालबालिका यस्ता लक्षण देखिए हुन सक्छ क्यान्सर
काठमाडौँ । बालबालिकाको विभिन्न अङ्गहरूमा क्यान्सर लाग्न सक्ने चिकित्सकहरू बताउँछन् । बालबालिकामा लाग्ने क्यान्सर समयमै पहिचान र उपचार गर्न सके निको पनि हुन्छ । विशेषत बालबालिकामा रक्त क्यान्सर, ल्युकेमिया, मस्तिस्को क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स ट्युमरलगायत देखिन सक्छ ।
बालबालिकामा हुने यस्ता क्यान्सर नियन्त्रणको एक मात्र उपाय भनेको लक्षण देखिने बित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्नु भएको चिकित्सकहरू बताउँछन् । समयमै पत्ता लगाएमा गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिका हुने क्यान्सरका देखिने सक्ने लक्षणहरू यस्ता छन् ।
–रगतको कमी भई छाला फुस्रो देखिनु
–असाधारण रूपमा तौल घट्नु
–लामो समयसम्म खोकी निको नहुनु
– आँखाको नानी सेतो हुनु, आँखा डेडो हुनु,दृष्टि गुम्नु
– पेट असामान्य रूपमा फुल्नु
–विषेशगरी बिहान अत्यधिक टाउको दुख्नु,बान्ता हुनु
–हड्डी दुख्नु, शरीरको विभिन्न भागमा चोट नलागी सुन्निनु वा निलो ठाम हुनु
–चाँडो गल्न, थकित हुनु र झोक्राउनु
–चक्कर लाग्नु शरीरमा सन्तुलनमा राख्न नसक्नु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’