फ्याँक्नुको सट्टा खानामा समावेश गर्नुहोस् काउलीको पात, पाउनुहुनेछ ५ यस्ता फाइदा
काउली ती तरकारीहरू मध्ये एक हो, जसलाई धेरैले मन पराउँछन् । काउली हरेक मौसममा पाइने भए पनि जाडोमा यसको सेवन बढी हुने गरेको छ । सामान्यतया मानिसहरू काउलीको सेतो भाग मात्रै खान्छन् र त्यसको पातलाई बेकारको सम्झेर फाल्छन् । तर के तपाईँलाई थाहा छ काउलीको पातमा पनि पौष्टिक तत्त्व प्रशस्त हुन्छ ? यसमा भिटामिन ए, फाइबर, प्रोटिन, क्याल्सियम र फस्फोरस जस्ता पोषक तत्त्व पाइन्छन् । यी सबै पोषक तत्त्वहरू हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छन् । काउलीको पातलाई सलाद, सूप वा तरकारी बनाएर खान सकिन्छ । काउलीको पातको सेवनले धेरै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ । आउनुहोस्, यसका फाइदाहरूबारे विस्तृतमा जानकारी लिऔँ ।
आँखाका लागि फाइदाजनक
काउलीको पातको सेवन आँखाका लागि निकै फाइदाजनक हुन्छ । इन्टरनेशनल जर्नल अफ साइन्टिफिक एन्ड इन्जिनियरिङमा गरिएको एक अध्ययन अनुसार काउलीको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले सीरम रेटिनोलको स्तर बढाउँछ र रतन्धोको जोखिम कम गर्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ
काउलीको पात मधुमेहमा फाइदाजनक हुन्छ । यसमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ । साथै, यसमा कार्बोहाइड्रेट एकदमै कम मात्रामा पाइन्छ । यसको प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यदि तपाईँलाई मधुमेह छ भने, तपाईँ डाक्टरको सल्लाहमा आफ्नो आहारमा काउलीको पात समावेश गर्न सक्नुहुन्छ ।
रक्तअल्पत्ता हटाउँछ
काउलीको पात आइरनको एक समृद्ध स्रोत हुन् । यसको १०० ग्राम पातबाट ४० मिलिग्राम आइरन पाइन्छ । यसको सेवनले शरीरको रक्तअल्पत्ता हटाउन निकै सहयोग गर्छ । महिला र बालबालिकामा रक्त अल्पताको उपचारको लागि पनि काउलीको पात धेरै प्रभावकारी मानिन्छ ।
हड्डी बलियो बनाउँछ
काउलीको पातमा क्याल्सियम प्रशस्त हुन्छ । यसको १०० ग्राम पातमा लगभग ६०० मिलिग्राम क्याल्सियम पाइन्छ । काउलीको पातको सेवनले हड्डी बलियो बनाउँछ । यसका साथै यसले अर्थराइटिस र हड्डीसँग सम्बन्धित अन्य रोगहरूलाई रोक्न पनि मद्दत गर्छ ।
मुटु स्वस्थ राख्छ
काउलीको पातलाई मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । वास्तवमा, यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन्, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसबाहेक यसमा उच्च फाइबर र फ्याटको मात्रा कम भएका कारण हृदय रोगीहरूको लागि लाभदायी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्सको उडान रोकिएपछि...
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग