साउदी अरबका विदेश मन्त्रीले भने, ‘सिरियाका विषयमा अरब राष्ट्रहरूले आफ्नो अडान परिवर्तन गर्नुपर्छ’

सिरियाका विषयमा अरब राष्ट्रहरूले आफ्नो अडान परिवर्तन गर्नुपर्ने साउदी अरबका विदेश मन्त्रीले बताएका छन् ।
साउदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले सिरियालाई एक्लो छोड्दा काम नबन्नेमा अरब राष्ट्रहरूमा सहमति बनेको बताए । शरणार्थी फिर्ता लगायतका मानवीय समस्या समाधानका लागि सिरियासँग कुनै समय वार्ता गर्न आवश्यक रहेको उनले बताएका छन् ।
विदेश मन्त्रीले शनिवार म्यूनिख सुरक्षा फोरममा यी कुराहरू भनेका हुन् । यसले अरब देशको त्यो पुरानो धारणामा परिवर्तन देखाउँछ जसमा गृहयुद्धको सुरुवाती वर्षमा यी देशले सिरियाली राष्ट्रपति बशर अल–असदविरुद्ध विद्रोहीको समर्थन गरेको थियो ।
उनले भने, ‘तपाईँले देख्नुहुनेछ कि गल्फ कर्पोरेसन काउन्सिलमा मात्र होइन अरब विश्वमा पनि यथास्थितिले काम गरिरहेको छैन भन्ने सहमति बनिरहेको छ ।’
छिमेकी मुलुकमा रहेका सिरियाली शरणार्थीका सम्बन्धमा चरम पन्थी सोचको सट्टा राजनीतिक समाधानको अर्को बाटो खोज्ने प्रयास भइरहेको विदेश मन्त्रीले बताए ।
उनले भने, ‘यसका लागि सिरियाको सरकारसँग कुनै न कुनै बेला यस्तो खालको कुराकानी गर्नुपर्नेछ जसमा मानवीय मुद्दासँग जोडिएका सबैभन्दा महत्त्वपूर्ण उद्देश्य पूरा हुन सकियोस् । यसमा शरणार्थीको फिर्ती पनि समावेश छ ।’
भूकम्पपछि संयुक्त अरब इमिरेट्स र जोर्डनका विदेश मन्त्रीले सिरियाको भ्रमण गरेका छन् । साउदी अरबका विदेशमन्त्रीलाई सिरिया भ्रमणको बारेमा सोध्दा उनले यस विषयमा केही पनि भन्न मानेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा