आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखलाई लिएर गतिरोध जारी

आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखलाई लिएर गतिरोध जारी छ । यी दुई देशका नेताले आफ्नो विवादित नागोर्नो–काराबाख इलाकाको विषयमा आ–आफ्नो अडान छोडेनन् ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभबीच अक्टोबरपछि पहिलो पटक भएको भेटवार्तामा यस्तो देखिएको हो ।
जर्मनीमा आयोजना भइरहेको म्युनिख सुरक्षा सम्मेलनको शनिवार छुट्टै भएको यो बैठकको आयोजना अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कनले गरे ।
यस क्रममा यी दुई देशका नेताहरू आफ्नो विवादित नागोर्नो–काराबाख क्षेत्रको विषयमा गतिरोध देखिएको हो ।
नागोर्नो–काराबाख क्षेत्र र आर्मेनियाबीचको सम्पर्कको एक मात्र माध्यम लाचिन करिडोरको नाकाबन्दीलाई लिएर डिसेम्बरदेखि दुई देशबीच तनाव बढेको छ । उक्त भेटपछि दुवै नेताले शान्ति सम्झौतामा प्रगति हुने कुरा गरे ।
तर, पछि भएको प्यानल छलफलमा नागोर्नो–काराबाख क्षेत्र, लाचिन करिडोर र भावी वार्ताका विषयमा दुई देशबीच समन्वयको अभाव देखिएको थियो । नागोर्नो–काराबाख क्षेत्र हुन त अजरबैजानको एक हिस्सा हो । तर यसका १२ लाख बासिन्दाहरूमध्ये अधिकांश आर्मेनियाली मूलका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म