अमिताभसँगको टकरावबारे के भन्छन् शत्रुघ्न ?
![अमिताभसँगको टकरावबारे के भन्छन् शत्रुघ्न ?](https://npcdn.ratopati.com/media/news/satrudhan-amitab_tP7OelKq5Q.jpg)
मुम्बई । वरिष्ठ अभिनेता शत्रुघ्न सिन्हा र अमिताभ बच्चनबीचको सम्बन्ध सधैँ चर्चामा रहन्छ । यो भनिन्छ कि यी दुई बीच कहिल्यै राम्रो सम्बन्ध थिएन। तर, दुवैले यस सम्बन्धमा खुलेर केही भनेका थिएनन् । हालैको एक कार्यक्रममा भने शत्रुघ्नले बिग बीसँगको टकरावको बारेमा कुरा गरेका छन् । साथै उनले फिल्म ‘दिवार’ र ‘शोले’ रिजेक्ट गरेकोमा आफूलाई अझै पछुतो रहेको बताएका छन् ।
आजतकको कोलकातामा आयोजित कार्यक्रममा शत्रुघ्नले सोधिएको थियो, ुकेही फिल्म छ जसको तपाई हिस्सा बन्न चाहनुहुन्थ्यो र त्यसमा सहभागी हुन नसकेकोमा पश्चाताप हुन्छ रु’ जवाफमा उनले भने– ‘दिवार फिल्ममा काम गर्न नपाएकोमा मलाई अफसोस छ । त्यो फिल्म मेरो लागि लेखिएको हो । त्यो स्क्रिप्ट मलाई ल्याइएको थियो । लगभग ६ महिना मसँग राखेँ । तर, मनमुटावका कारण म फिल्मबाट पछि हटेँ । मलाई पहिले पनि शोले प्रस्ताव गरिएको थियो, तर मितिहरू उपलब्ध नभएको कारण त्यो भूमिका पछि अमिताभ बच्चनलाई दिइएको थियो। त्यतिबेला म धेरै फिल्ममा व्यस्त हुन्थे ।’
कुराकानीका क्रममा शत्रुघ्नलाई दुई स्टारबीचको ‘इगो’ को टकरावको बारेमा पनि सोधिएको थियो जसको जवाफमा उनले भने, ‘हो अवश्य पनि हुन्छ । कलाकारहरूको आफ्नै फ्यान फलोइङ, स्टारडम हुन्थ्यो । तर जब हामी समझदार हुन्छौँ, तब हामीले महसुस गर्छौँ, तब अहङ्कार जस्ता कुराहरूले फरक पार्न छोड्छ। उद्योगमा मेरो कसैसँग दुश्मनी छैन, सबैसँग राम्रो सम्बन्ध छ । अब हामी एकअर्कालाई बुझ्न थालेका छौँ।’ –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार