अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी
आइतबार, ०७ फागुन २०७९, १५ : १५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दिनसम्म चल्ने बैठकको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।
बैठकमा विद्यार्थी संगठनका विविध विषयमा छलफल हुनेछ । त्यस्तै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा समेत छलफल हुने अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले बताए ।
बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ भन्न नसकिने बताए । राष्ट्रपतिको चुनावबाट सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने उनको भनाई छ । अहिलेको गठबन्धन धेरै नटिक्ने बताए ।
सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरू रहेकाले यो धेरै नटिक्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु