आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नख्खु कारागारबाट २३ जना कैदी रिहा

आइतबार, ०७ फागुन २०७९, १४ : १२
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । कारागार कार्यालय नख्खुबाट २३ जना कैदी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका २१ जना कैदी नख्खुबाट छुटेका हुन् । आम माफी पाएका २३ मध्ये अधिकांश कैदी छुटेको नख्खु कारागारका जेलर बद्रीनाथ गैरेले रातोपाटीलाई बताए । उनले भने– ‘कसैको आफन्त जिम्मा लिन आउँदै हुनुहुन्छ, साँझसम्म उहाँहरु जानुहुन्छ ।’

सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएकाहरु कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा कैदीहरु नख्खुबाट छुटेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप