१८३ नर्सिङ कर्मचारीको स्तरवृद्धि (सूची)
आइतबार, ०७ फागुन २०७९, १२ : ४७
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ जना कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले गत पुसमा निवेदन परेका नर्सिङ समूहका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीको स्तर वृद्धि गरेको जनाएको हो ।
छैटौँ अधिकृत तहमा ६ जनाको स्तरवृद्धि भएको छ भने पाँचौँ तहमा १ सय १५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि गरिएको छ। सहायक चौथो तहमा ६२ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।