डिल्लीबजार कारागारबाट ८ जना कैदी छुट्दै
आइतबार, ०७ फागुन २०७९, १० : ३९
![डिल्लीबजार कारागारबाट ८ जना कैदी छुट्दै](https://rpcdn.ratopati.com/media/albums/dillibazar-karagar-nagarik-unmukti-_9_tKKOiqhL8K.jpg)
काठमाडौँ । राष्ट्रपतिबाट आम माफी पाएका ८ जना कैदी डिल्लीबजार कारागारबाट रिहा हुँदै छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका ८ जनालाई छाड्ने प्रक्रिया भइरहेको डिल्लीबजार कारागारका प्रशासक मात्रिका आचार्यले रातोपाटीलाई बताए । डिल्लीबजार कारागारबाट देविन्द्र कार्की, निखिल पराजुली, टेकबहाचदुर तामाङ, दिनेश खत्री, दीपक नारायण नकर्मी, अर्पण सुनुवार र निरन तामाङ नरबहादुर लामा छुट्ने भएका छन् । उनिहरुमध्ये ५ जना कर्तव्य ज्यान मुद्दामा, १ जना सवारी ज्यान, एकजना किर्ते र १ जना लिखत सम्बन्धी कसुरमा जेल परेका थिए ।