अस्ट्रेलियाको तासमेनियाबाट सकियो नेपथ्यको अस्ट्रेलिया शृङ्खला

अस्ट्रेलिया । एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तासमानियामा प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया शृङ्खलाबद्ध यात्रा सकिएको छ । अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरू भन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्त्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो ।
आफ्नो प्रिय ब्यान्ड नेपथ्यलाई दोश्रो पटक यस सहरमा पाएर रमाएका नेपालीहरूले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए । शुक्रबार स्थानीय समय अनुसार बेलुकीको ठिक साढे सात बजे हलका ढोका खुला गरिएको थियो भने ठिक नौ बजेदेखि कन्सर्ट सुरु भएको थियो ।
कार्यक्रममा अन्यत्रजस्तै ब्यान्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरु गरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रह्यो ।
अढाइ लाख जनसङ्ख्या पनि नभएको अस्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय बिस्तारै नेपाली सङ्ख्या बढ्न थालेको छ । ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरू सुनाउँदै गएको थियो ।
कन्सर्टका बेला नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । यस वर्ष जारी अस्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुति थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।
दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपाला पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ । तासमानियामा अन्तिम प्रस्तुति सम्पन्न भएसँगै ब्यान्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव