जुम्लामा लागु औषधसहित दुई जना पक्राउ
शनिबार, ०६ फागुन २०७९, २१ : १३

जुम्ला । प्रहरीले लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो उनीहरू जुम्लाको चन्दननाथ नगरपालिका ६ बसपार्कस्थित कर्णाली होटेलबाट पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले चन्दननाथ - २ बस्ने २९ वर्षीय तिलक भण्डारी र चन्दननाथ -१० बस्ने वर्ष २२ वर्षीया प्रतीक्षा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।
उनीहरूको साथबाट ब्राउन सुगर ४ ग्राम ८ सय ५० मिली ग्राम, मोबाइल थान २, नगद २० हजार ५ सय १० रुपैयाँ बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित